PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

सय जना भन्दाबढी पकेटमार समातिए, केही पकेटमार प्रहरीको निगरानीमा



पहिलोपोस्ट

सय जना भन्दाबढी पकेटमार समातिए, केही पकेटमार प्रहरीको निगरानीमा

काठमाडौं : प्रहरीले केही दिनयता काठमाडौंका विभिन्न स्थानबाट १ सय जना भन्दा धेरै पकेटमारलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं र विभिन्न बृत्तबाट खटिएको टोलीले एक सय जनाभन्दा धेरै पकेटमार नियन्त्रणमा लिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए। दशैंमा भिडभाडको मौका छोपी पकेट मार्ने गरेकाले विशेष निगरानीमा राखेर प्रहरीको संक्रियता बढाएको एसपी बस्नेतले जानकारी दिए।

'एक सय जना भन्दाबढी पकेटमारलाई पक्राउ गरेका छौं। त्यस्तै केही नगरानीमा छन्,' एसपी बस्नेतले भने। प्रहरीको सुचना अनुसार काठमाडौंका ३ सय भन्दाबढी पकेटामार रहेका छन्। जसमा केही महिला पकेटमारहरु पनि छन्। चाँर्डपर्व नजिकिँदै गर्दा भिडभाड हुने ठाउँमा विभिन्न भेषमा उनीहरुले पकेटमारी गर्ने गरेको देखिएको छ। त्यस्तै, प्रहरीले यस्तो भिडभाड, आर्थिक कारोबार हुने स्थान, सार्वजनिक सवारीमा सादा पोशाकमा प्रहरी समेत परिचालन गरिसकेको छ।

'बसपार्क, किनमेल हुने ठाउँ, सार्वजनिक सवारी साधनमा धेरै पकेटमार हुने गरेका छन्। त्यस्ता क्षेत्रमा बढी सक्रियता बढाएका छौं,' एसपी बस्नेतले भने।

उनीहरूले बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र पकेटमार गर्ने गरेको प्रहरीमा बयान दिएका छन्। यो समय अफिस टाइम हो। मानिसको चाप सार्वजनिक यातायातमा सबैभन्दा धेरै हुने गर्छ त्यतिखेर। जसले गर्दा पकेटमारले आफ्नो टार्गेटको समय बनाउँछन्। यसरी समातिएका पकेटमारमध्ये अधिकांश छुटेपछि पुनः पकेटमारी नै गर्ने गरेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell