PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

भारतमा कोरोना भाइरसको एक्टिभ केस ३ लाखभन्दा तल!



पहिलोपोस्ट

भारतमा कोरोना भाइरसको एक्टिभ केस ३ लाखभन्दा तल!
Photo: https://www.financialexpress.com/

भारतमा कोभिड १९ संक्रमण दरमा ठूलो गिरावट आएको छ। पछिल्लो २४ घन्टामा १८ हजार ८ सय ७० जनामा कोरोना भाइरस पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ठीक हुनेको संख्या लगातार बढिरहेकाले एक्टिभ केस पनि भारतमा ३ लाखभन्दा तल झरेको छ।

पछिल्लो २४ घन्टामा २८ हजार १ सय ७८ जना कोभिड १९ मुक्त भएका हुन्। यसबचि ३ सय ७८ जनाले भने संक्रमणकै बिचमा ज्यान गुमाएका छन्। 

यससँगै भारतमा कोरोना भाइरस संक्रमणका बिच ज्यान गुमाउनेको संख्या ४ लाख ४७ हजार ७ सय ५१ पुगेको छ। एक्टिभ केस पनि ३ लाखभन्दा मुनि अर्थात् २ लाख ८२ हजार ५ सय २० मा झरेको छ। भारतमा कोभिड १९ मुक्त हुनेको संख्या ३ करोड ३७ लाख १६ हजार ४ सय ५१ रहेको छ। 

भारतमा २४ घन्टामा ५४ लाख १३ हजार ३ सय ३२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। यससँगै खोप लगाउनेको संख्या ८७ करोड ६६ लाख ६३ हजार ४ सय ९० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell