PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

देउवासँग संवादपछि पेरिसडाँडाको बैठकमा प्रचण्ड, मन्त्रिपरिषद बिस्तार टुंग्याउने कसरत जारी



पहिलोपोस्ट

देउवासँग संवादपछि पेरिसडाँडाको बैठकमा प्रचण्ड, मन्त्रिपरिषद बिस्तार टुंग्याउने कसरत जारी

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। समसामयिक राजनीति र मन्त्रिपरिषद बिस्तारबारे प्रचण्डले देउवालाई बालुटारमै पुगेर भेटेका हुन्। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले समसामयिक राजनीतिबारे छलफल भएको जानकारी दिए।

देउवालाई भेटेपछि प्रचण्ड सोझै पार्टी कार्यालय पेरिसडाँडा गएका छन्। पार्टीको स्थायी कमिटी बैठकका लागि प्रचण्ड पेरिसडाँडा पुगेका हुन्। अहिले स्थायी कमिटीको बैठक बसिरहेका छ। पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बैठक बसिरहेको बताए।

माओवादीको स्थायी कमिटीको बैठकमा सरकारमा सहभागी हुने नेताहरुबारे टुंगो लाग्नसक्छ। सरकारमा सहभागी हुने नेताहरुबारे माओवादीभित्र लगातार छलफल हुँदै आएको भए पनि आकांक्षी धेरै भएपछि टुंगो लागेको छैन्।

हालसम्म माओवादी केन्द्रका तर्फबाट सरकारमा जनार्दन शर्मा र पम्फा भुसाल सहभागी छन्। माओवादीले स्थायी कमिटीको बैठकमा पुस महिनामा हुने राष्ट्रिय सम्मेलनका प्रतिनिधि छान्नेबारे पनि छलफल गरिरहेको छ।

सरकार तीन महिना पूरा हुनै लाग्दा पनि मन्त्रिपरिषदले पूर्ण आकार लिन सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाको भागमा नै १६ वटा मन्त्रालय रहेको छ अहिले पनि। त्यसैलाई लिएर सरकारको आलोचना हुँदै आएको छ। 

विशेषगरी गठबन्धनमा रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पुन: फुट्ने जोखिम रहेको भन्दै राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजको विषयले गर्दा मन्त्रिपरिषद विस्तार रोकिएको थियो। त्यसैलाई सम्बोधन गर्न सरकारले अध्यादेश खारेज गर्ने सिफारिस गरेको थियो जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै स्वीकृत गरेकी थिइन्। त्यसपछि सरकार विस्तारका लागि बाटो खुलेको भए पनि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीमात्र होइन नेकपा माओवादी केन्द्रले पनि मन्त्रीको सिफारिस गर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell