PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

उत्तर कोरियाले गर्‍यो 'रणनीतिक हतियार' हाइपरसोनिक मिसाइलको परीक्षण



पहिलोपोस्ट

उत्तर कोरियाले गर्‍यो 'रणनीतिक हतियार' हाइपरसोनिक मिसाइलको परीक्षण
Photo: REUTERS

उत्तर कोरियाले नयाँ हाइपरसोनिक मिसाइलको सफल प्रक्षेपण गरेको दावी गरेको छ। परीक्षण गरिएको मिसाइलको नाम ह्वासङ् - ८  रहेको छ। 

पाँच वर्षे सैन्य क्षमता विस्तारका क्रममा विकसित गरिएको मिसाइल सबैभन्दा महत्वपूर्ण ५ हतियार मध्येको एक रहेको त्यहाँको सरकारी मिडियाले जनाएको बीबीसीले उल्लेख गरेको छ। उत्तर कोरियाले मिसाइललाई 'रणनीतिक हतियार' भनेको छ जसको अर्थ आणविक क्षमतासहितको भन्ने हुन्छ। 

प्योङ्याङले हतियार प्रविधिमा थप दक्षता हासिल गरेको दावी गरेको छ। 'यो हतियारमा विकास भएको प्रणालीले  राष्ट्रको प्रतिरक्षा क्षमतालाई हरेक कोणबाट आत्मनिर्भर बनाएको छ,' उत्तर कोरियाको मिडिया केसीएनएले भनेको छ। 

पछिल्लो मिसाइल परीक्षण एक महिनामा उत्तर कोरियाले गरेको तेस्रो ठूलो परीक्षण हो। यसअघि क्रुस मिसाइल र नयाँ ट्रेन-लन्च्ड ब्यालास्टिक मिसाइल पनि परीक्षण गरिसकेको छ। 

परीक्षण त्यतिखेर भएको छ जतिखेर संयुक्त राष्ट्रसंघको महासभामा  उत्तर कोरियाली राजदूत किम सङले हतियार विकासको पक्षमा वकालत गरेका थिए। राष्ट्रसंघमा उनले आफ्नो मुलुकको सुरक्षा र शान्तिका लागि हतियार विकास गर्न पाउनुपर्ने तर्क गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell