PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

एमसीसी खारेजको माग गर्दै राप्रपा सडकमा, राजतन्त्रको पक्षमा नाराबाजी

एमसीसी खारेजको माग गर्दै राप्रपा सडकमा, राजतन्त्रको पक्षमा नाराबाजी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले प्रर्दशन गरेको छ।

बुधवार दिउँसो काठमाडौंको माइतीघरमा जम्मा भएका प्रर्दशनकारीले नाराबाजी गर्दै बबहरमलस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरे। उनीहरुले त्यहाँ एमसीसी राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने नारा लगाएका थिए।

त्यस्तै, राजा आउ देश बचाउ भन्ने नारा पनि गुञ्जायमान भएको थियो। पार्टीको झन्डा बोकेर विरोधमा सहभागी भएका केही प्रर्दशनकारीले पूर्व राजारानी अकिंत टिसर्ट समेत लगाएका थिए। बढ्दो महँगी र भष्ट्रचारविरुद्ध पनि उनीहरुको नाराबाजी थियो।



ट्रेन्डिङ पोस्ट

Ncell