PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

डेढ वर्ष अघि नै प्रचारप्रसारमा ५० लाख सकाएको 'म यस्तो गीत गाउँछु २' कहिले हुन्छ रिलिज ?



पहिलोपोस्ट

डेढ वर्ष अघि नै प्रचारप्रसारमा ५० लाख सकाएको 'म यस्तो गीत गाउँछु २' कहिले हुन्छ रिलिज ?

काठमाडौं : बन्द भएका फिल्महलहरु असोज २१ गते घटनास्थापना देखि खुल्ने भएका छन्। साथै नेपाल चलचित्र संघले अघिल्लो तीन महिनासम्म प्रदर्शन गरिने फिल्महरुको रिलिज मिति असोज २० भित्र सार्वजनिक गर्न आग्रह समेत गरेको छ।

कोरोना भाइरसको सबैभन्दा बढी मारमा परेको फिल्म मध्य एक हो 'म यस्तो गीत गाउँछु २'। यो फिल्म २०७६ फागुन ३० गते रिलिज हुने भनिएको थियो। फिल्मको प्रचारको काम समेत पुरा भइसकेको थियो। तर फिल्म रिलिज हुन सकेन। कारण - कोरोना संक्रमणसँगै सरकारले हल बन्द गर्नु भनी दिएको निर्देशन।

असोज २१ गतेदेखि सिनेमा हल खुल्ने भएता पनि आफूले फिल्म रिलिजबारे कुनै योजना नबनाएको बताउँछन् यस फिल्मका निर्देशक सुदर्शन थापा।

'यो फिल्म प्रचारको लागि मात्रै ५० लाखसम्म खर्च भइसकेको छ। फिल्म निर्माण टिमभित्र दशैँमा फिल्म रिलिज गर्ने कुनै योजना बनेको छैन। साथै चलचित्र संघ र चलचित्र विकास बोर्डसँग पनि केही कुरा नै भएको छैन। अब दशैं आउँन थोरै समय मात्र बाँकी छ। चाडपर्व मनाउने बाहेक तत्काललाई फिल्म रिलिजबारे कुनै सोच छैन' उनले भने।

कोरोनाले डेढ वर्षदेखि फिल्म होल्डमा राख्दा निकै घाटा भएको र अब सामान्य माहोल बनेपछि मात्र फिल्म रिलिजबारे सोच्ने उनले बताए।

'फिल्म क्षेत्र करिब डेढवर्षदेखि ठप्प छ। अहिले पनि माहोल बन्न सकेको छैन। केही समय हेर्छु अनि मात्र रिलिजबारे विचार गर्छु। यत्रो वर्ष त पर्खियो। अब त माहोल बनेपछि मात्र फिल्म रिलिज गर्ने योजना छ' उनले भने।

'म यस्तो गीत गाउँछु २' मा अभिनेत्री पुजा शर्मा र अभिनेता पल शाहको मुख्य भुमिका रहेको छ।

संयोजक अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले एउटा  नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म रिलिज गर्ने पाइने नियम बनाएको छ। यस्तै, नेपाली फिल्म रिलिजको मिति तोकिएको समयमा हलिउड तथा बलिउड फिल्महरु रिलिज नगर्न भनिएको छ।

तर, यति आग्रह गर्दा पनि शोभित बस्नेतको फिल्म 'डाँडाको वरपिपल'  र 'धन्दागिरी' बाहेक अन्य ठुला बजेटका फिल्महरुले भने रिलिज गर्ने मिति तय गर्न सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell