PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

कश्मीरमा आफूलाई फेरि नजरबन्दमा राखिएको महबुबा मुफ्तीको दाबी



पहिलोपोस्ट

 कश्मीरमा आफूलाई फेरि नजरबन्दमा राखिएको महबुबा मुफ्तीको दाबी
Photo : The Print

भारतको पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की नेतृ महबुबा मुफ्तीले आफूलाई फेरि नजरबन्दमा राखिएको दाबी गरेकी छिन्।

हाल जम्मू कश्मीरमा रहेकी मुफ्तीले ट्वीट गर्दै आफू त्रालमा रहेको एक गाउँमा जान खोज्दा नजरबन्दमा राखिएको बताएकी हुन्। उनले उक्त गाउँमा सेनाले तोडफोड गरेको समेत दाबी गरेकी छिन्।

उनले 'कश्मीरको वास्तविक तस्विर' भन्दै भारत सरकारको निम्तोमा कश्मीर भ्रमणमा पुगेको विदेशी प्रतिमण्डलमाथि समेत प्रश्न उठाएकी छिन्।

उनले सेनाले उक्त गाउँको मानिसलाई पहिलोपटक पितेको घटना नभएको बताएकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell