काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १४ हजार ५४१ जनाको कोभिड १९ परीक्षण गर्दा १ हजार १५७ जना संक्रमित थपिएका छन्। यस्तै, १ हजार ११३ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार १९३ पुगेको छ।
संक्रमणका कारण थप ८ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार १२३ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार १४५ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। देशभर खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६२ लाख ३८ हजार १ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २८. ७ प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। यस्तै, ७२ लाख १४ हजार ७४२ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। देशभर करिब ३३. २ प्रतिशतले पहिलो मात्रा लगाइसकेको मन्त्रालयले जनाएको छ।
