PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

इपिएल : विराटनगरमाथि भैरहवाको सहज जित



पहिलोपोस्ट

इपिएल : विराटनगरमाथि भैरहवाको सहज जित
भैरहवा र विराटनगरबीचको खेलमा एक अर्का विरुद्ध प्रतिस्पर्धामा आरिफ शेख र आसिफ शेख दाजुभाइ। तस्विर : इपीएल

काठमाडौं : एभरेस्ट प्रिमियर लिगको ८ औं खेलमा भैरहवा ग्लाडियटरले विराटनगर वारियर्स माथि सहज जित हात पारेको छ।

टस जितेर भैरहवा ग्लाडियटरले फिल्डिङ रोजेको थियो। पहिलो ब्याटिङ गरेको विराटनगर वारियर्स ८९ रनमै समेटियो। जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले १५.३ ओभरमै चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। भैरहवाका उपुल थरङ्गाले १५.३ ओभरमा १ रन आवश्यक हुँदा चौका प्रहार गर्दै स्कोरबोर्ड भैरहवाको पक्षमा ९२ पुर्‍याए।

भैरहवाका लागि थरङ्गाले ३५ बल खेल्दै चार चौकाको सहयोगमा नटआउट ३४ रन बनाए। विराटनगरले दिएको लक्ष्य पूरा गर्नका लागि भैरहवाका प्रदीप ऐरीले २२, तामिम इक्वाल र रोहीत पौडेलले १२/१२ रन बनाउँदा कप्तान सरद भेसवाकर नटआउट ६ रन जोडे। भैरहवाका आरिफ शेख भने शून्य रनमा आउट भए।

विराटनगरका लागि रामनरेश गिरीले २ तथा बसन्त रेग्मी र करण केसीले १/१ विकेट लिए।

विराटनगरका दिलसान मुनाविराले २५ रन बनाउँदा सुमित महर्जनले १३ रन बनाए। आरिफ शेख र अनिल साहले ११/११ रन बनाउँदै बस्नत रेग्मीले नटआउट १० रन बनाए।

ओपनर चन्द्र पाउल हेमराज सून्यमै चार बल खेलेर शून्य रनमै आउट भए। त्यस्तै कप्तान करण केसी र प्रतिश गिरी पहिलो आफूले सामना गरेको पहिलो बलमै आउट भए।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिँदा अभिनास बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell