PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

रुपचन्द्र बिष्टको जीवनीमा आधारित फिल्म 'रुदाने' को टीजर सार्वजनिक



पहिलोपोस्ट

रुपचन्द्र बिष्टको जीवनीमा आधारित फिल्म 'रुदाने' को टीजर सार्वजनिक

काठमाडौं : फिल्म 'रुदाने- विद्रोहको नेपाली नाम' को टीजर सार्वजनिक भएको छ। फिल्ममा विद्रोही नेता रुपचन्द्र विष्टको (रुदाने) राजनीतिक जीवनको पाटोलाई देखाइएको छ।

यो फिल्म थाहा दर्शनका अभियन्ता, दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित छ। 'रुदाने' नाम रुपचन्द्र आफैले राखेको उपनाम हो। जसको अर्थ हुन्छ रु-रुप दा-दामन र ने- नेपाल।

रुपचन्द्र बिष्टको जीवन र संघर्षमा आधारित यो फिल्ममा विष्टको भूमिका कलाकार दिव्यदेवले निभाएका छन्। दिव्यदेवका साथै फिल्ममा नम्रता श्रेष्ठ, रवि गिरी, सुभास गजुरेल, अम्बेर सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्ममा अमित किशोर सुवेदी र विकास ढकालको अनुसन्धान, लेखन र निर्देशन रहेको छ।

दावनल क्रियसनले निर्माण गरेको फिल्ममा प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन्। त्यसैगरी सहनिर्मातामा भानुभक्त थापा र सहायक निर्मातामा पदमकेशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेका छन्।

फिल्ममा शान्ता राओको छायाङ्कन रहेको छ भने निमेश श्रेष्ठको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell