PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

सकियो 'ग्रीन बर्ड' को छायाङ्कन



पहिलोपोस्ट

सकियो 'ग्रीन बर्ड' को छायाङ्कन
Photo : Young Star Cinema

काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'ग्रीन बर्ड'  को छायाङ्कन सम्पन्न भएको छ। २५ दिनको 'सेड्युल' रहेको फिल्मको छायाङ्कन १९ दिनमै सकिएको फिल्मका निर्देशक प्रमोद कँडेलले जानकारी दिए।

'भर्खरै फिल्मको सुटिङ सकिएको छ। हाम्रो योजना अनुसार सुटिङ समयमै सकिएको छ। अहिले नै फिल्म मिति तय गर्न गाह्रो छ। अब पोष्टप्रोडक्सनको काम हुनेछ। त्यपछि मात्रै रिलिजबारे योजना बनाउने छौँ' उनले भने।

फिल्मको सम्पुर्ण छायाङ्कन चितवनको नवलपुरमा गरिएको हो। स्वतन्त्र तरिकाले जीवन बाँच्न चाहने एक युवतीले परिवार र समाजसँग गरेको संघर्षको कथालाई फिल्ममा देखाउन खोजिएको निर्देशक कँडेलले बताए।

योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले संयुक्तरुपमा निर्माण गर्न लागेको यस फिल्ममा सुरक्षाका साथै कमलमणी नेपाल, अफरान अली लगायतका कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell