PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

बार्सिलोनाको लज्जास्पद हार



पहिलोपोस्ट

बार्सिलोनाको लज्जास्पद हार
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ई' को खेलमा स्पेनिस क्लब बार्सिलोना पोर्चुगिच क्लब बेनफिकासँग पराजित भएको छ। स्टेडियो डा लुजमा सम्पन्न खेलमा बार्सिलोना घरेलु टोलीसँग ३-० गोलअन्तरले पराजित भएको हो।

खेलको तेस्रो मिनेटमा डार्विन नुनेजको गोलमा बेनफिकाले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको घरेलु टोलीका लागि दोस्रो हाफमा राफा सिल्भाले अग्रता दोब्बर बनाए। उनले खेलको ६९ औं मिनेटमा गोल गर्दा ७९ औं मिनेट पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै नुनेसले फेरि अर्को गोल गरे।

अर्कोतर्फ बार्सिलोनाका एरिक ग्रासिया ८७ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिँदा १० खेलाडीमा सीमित भएको थियो।

त्यस्तै गएराति नै सम्पन्न समूह ई को अर्को खेलमा जर्मन जायन्ट बार्यन म्युनिखले युक्रेनी क्लब डाइनामो किइभमाथि फराकिलो जित निकाल्यो। एलिनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली बायर्नले ५-० को फराकिलो जित निकालेको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा सर्ज गनब्री, लेरोए साने र एरिक म्याक्सिमले समान १/१ गोल गरे।

जितसँगै २ खेलबाट ६ अंक जोडेर बायर्न समूहको शीर्ष स्थानमा छ भने बेनफिका ४ अंक जोडेर दोस्रो, डाइनामो किइभ १ अंक जोडेर तेस्रो र समूहका लगातार दुई खेलमा पराजय ब्यहोरेको बार्सिलोना अंकविहिन हुँदै तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell