यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एच'को खेलमा इटालियन क्लब युभेन्टसले इङ्ग्लिस क्लब चेल्सीमाथि जित निकालेको छ। युभेन्टसको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टोलीले चेल्सीमाथि १-० को जित निकालेको हो।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको सुरुमै युभेन्टसले अग्रता बनाएको थियो। खेलको ४६ औं मिनेटमा फेडेरिको किएजाले अग्रता बनाएका थिए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा उनको गोल नै निर्णायक बन्यो।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा रसियन क्लब जेनितले युक्रेनी क्लब माल्मोमाथि ४-० को फराकिलो जित निकालेको छ।
योसँगै समूहमा लगातार दुई जित निकालेको युभेन्टस शीर्षस्थानमा छ भने समान ३/३ अंक जोडेका चेल्सी र जेनित दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै जितविहीन माल्मो समुहको पुछारमा छ।