PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

माधव नेपालको पार्टीको उपस्थितिलाई देखाउँदै एमालेद्वारा प्रधानमन्त्री देउवाले डाकेको सर्वदलीय बैठक बहिस्कार



माधव नेपालको पार्टीको उपस्थितिलाई देखाउँदै एमालेद्वारा प्रधानमन्त्री देउवाले डाकेको सर्वदलीय बैठक बहिस्कार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज डाकेको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ। एमालेका एक शीर्ष नेताले बालुवाटारमा डाकिएको सर्वदलीय बैठकमा पार्टीको सहभागिता नहुने पुष्टि गरे।

संसदको गतिरोध अन्त्यका लागि छलफल गर्न आज बिहान १० बजेका लागि प्रधानमन्त्री देउवाले बालुवाटारमा सर्वदलीय बैठक डाकेका छन्।

बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने बिरामी भएर अस्पताल भर्ना भएका छन्

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देउवाको छलफल भएपछि सर्वदलीय बैठक बोलाइएको हो। माओवादी केन्द्रले बैठक बोलाउन आग्रह गरेको थियो।  

एमालेको बाहिस्कार किन?

बैठकमा माधव नेपालको पार्टी पनि सहभागिता एमालेको लागि आपत्तिको विषय भएको बताइएको छ। नेपालको पार्टीलाई एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हुनाले पनि एमाले सर्वदलीय बैठकमा सहभागी नहुने एमालेका एक शीर्ष नेताले बताए।

'समाजवादीलाई एमालेले पार्टीको मान्यता दिएको छैन। त्यसैले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली जानुहुन्न,' ती नेताले भने। एमाले अध्यक्ष ओलीले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठकसमेत बहिस्कार गरेका थिए। संसदमा एकीकृत समाजवादीको उपस्थितिलाई लिएर एमालेले निरन्तर अवरोधसमेत कायम गर्दै आएको छ। आजै १ बजे प्रतिनिधि सभाको बैठकसमेत बस्दैछ। (एमाले)ले संसद्को अवरोध कायम राखे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell