PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बानेश्वरको वाग्मती पुलमुनि महिलाको शव भेटियो, सनाखत भने हुन सकेन



पहिलोपोस्ट

बानेश्वरको वाग्मती पुलमुनि महिलाको शव भेटियो, सनाखत भने हुन सकेन

काठमाडौंः नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पस नजिकै वाग्मती खोलामा एक महिलाको शव भेटिएको छ।

आज बिहान साढे ६ बजेतिर स्थानीयले खोलाभित्र पुलको खम्बामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाएको नयाँ बानेश्वर वृत्तका डिएसपी मीनबहादुर लामाले जानकारी दिए।

शवको सनाखत हुन सकेको छैन। अन्दाजी ५० वर्षीय महिलाको शव भएको प्रहरीको अनुमान रहेको छ। शरीरको तल्लो भाग नग्न र माथि कुर्था लगाएको अवस्थामा भेटिएको हो। शवलाई पोस्टमार्टमको लागि अस्पताल पठाइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell