PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

प्रचण्डले फेरि पनि भने : आजभोलि नै मन्त्रिपरिषद विस्तार



पहिलोपोस्ट

प्रचण्डले फेरि पनि भने : आजभोलि नै मन्त्रिपरिषद विस्तार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज/भोलि नै मन्त्रिपरिषद विस्तार हुने बताएका छन्। शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले मन्त्रिपरिषद बिस्तारमा अब ढिलाइ नहुने बताए।

उनले पार्टीले अहिले अर्थ र उर्जा मन्त्रालय पाएको र फेरि पनि महत्वपूर्ण मन्त्रालय पाउने दाबी गरे। भने,'सम्भवत:  आज/भोलि नै मन्त्रिपरिषद बिस्तार टुंगिन्छ होला। हामीले अहिले अर्थ र उर्जा मन्त्रालय लिएका छौँ।'

उनले साँझा न्युनतमा कार्यक्रममा भएको विषय कार्यान्वयन गराउन आफूले पहल गर्ने बताए। गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रममा समेत शहीद परिवारका ऐजेण्डा समेटिएकाले कार्यान्वयनका लागि आफूले पहल गरिरहेको प्रचण्डले बताए।

आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा पनि सरकारका कामका बारेमा चर्चा भएको प्रचण्डको भनाई छ। आफू सरकारमा हुँदा शहीद परिवारका लागि राहत प्याकज ल्याएको भए पनि कार्यान्वयन गर्न विभिन्न षड्नन्त्र भएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले गठन भएको लामो समयसम्म पनि पूर्णता पाएको छैन। गठबन्धनका नेताहरु बिच भागबण्डा नमिलेका कारण सरकार बिस्तार हुन नसकेको प्रचण्ड निकट नेताको भनाई छ। यसअघि राजनीतिक दल सम्बन्धि अध्यादेशलाई देखाएर गठबन्धनले सरकार बिस्तारमा ढिलाइ गरेको थियो। तर, मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell