PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

भारतमा कोभिड १९ विरुद्धको खोप लगाउनेको संख्या ८८ करोडभन्दा माथि



पहिलोपोस्ट

भारतमा कोभिड १९ विरुद्धको खोप लगाउनेको संख्या ८८ करोडभन्दा माथि
Photo: GETTY IMAGES

भारतमा पछिल्लो २४ घन्टामा २३ हजार ५ सय २९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। यही अवधिमा संक्रमण मुक्त हुनेको संख्या २८ हजार ७ सय १८ जना रहेको भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ। २४ घन्टामा भारतमा संक्रमणकै बिचमा मृत्यु हुनेहरुको संख्या ३ सय ११ रहेको छ।

भारतमा संक्रमितको एक्टिभ केस पनि लगतार घटिरहेको छ। २ लाख ७७ हजार २० एक्टिभ केस रहेको मन्त्रालयले जनाएको छ। 

यससँगै भारतमा संक्रमित हुनेको संख्या ३ करोड ३७ लाख ३९ हजार ९ सय ८० पुगेको छ। ठीक हुनेको संख्या ३ करोड ३० लाख १४ हजार ८ सय ९८ रहेको छ। अहिलेसम्म यहाँ मृत्यु हुनेको संख्या ४ लाख ४८ हजार ६२ पुगेको छ।

भारतमा खोप अभियान पनि तीब्र गतिमा चलिरहेको छ। पछिल्लो २४ घन्टामा ६५ लाख ३४ हजार ३ सय ६ जनामा कोभिड १९ विरुद्धको खोप लगाइएको छ। यससँगै भारतमा खोप लगाउनेको संख्या ८८ करोड ३४ लाख ७० हजार ५ सय ७८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell