PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

एमालेको अवरोधबिच प्रतिनिधिसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश, मंगलवारसम्मका लागि बैठक स्थगित



पहिलोपोस्ट

एमालेको अवरोधबिच प्रतिनिधिसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश, मंगलवारसम्मका लागि बैठक स्थगित
FILE PHOTO

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबिच प्रतिनिधिसभामा महालेखा परीक्षकको वर्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ ओं वार्षिक प्रतिवेदन, २०७८ संसदमा पेश गरेका हुन्।

संसदको अवरोध जारी राखेको एमालेले आज पनि बैठक सुरु हुनसाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक सांसद्हरुलाई बैठक संचालन सहज बनाउन आग्रह गरेका थिए। एमालेले अवरोध जारी राखेपछि सभामुखले सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। आजको कार्यतालिकामा यी दुई विषयमात्र कार्यसूचीमा समावेश थियो।

यो सँगै सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक असोज १९ गते मंगलवारसम्मका स्थगित भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell