PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

विद्युत जामवालको 'सनक' ओटीटीमा रिलिज हुने



पहिलोपोस्ट

विद्युत जामवालको 'सनक' ओटीटीमा रिलिज हुने

महाराष्ट्रमा सिनेमा हल खुल्ने घोषणासँगै ठुला बजेटका फिल्महरुले रिलिज मिति घोषणा गरिसकेका छन्। तर, कुनै यस्ता फिल्म पनि छन् जसले सिनेमाहलको सट्टा फिल्म रिलिजको लागि ओटीटी प्याल्टफर्ममा नै रोजिरहेका छन्। जसमध्येको एक हो अभिनेता विद्युत जामवाल अभिनित फिल्म 'सनक'।

'डिज्नी प्लस हटस्टार' ले इन्स्ट्राग्राम पेजमार्फत एक पोस्टर सार्वजनिक गदैँ फिल्मको रिलिज डेट बारे जानकारी दिएको हो। साथै फिल्म १५ अक्टोबर २०२१ मा 'डिज्नी प्लस हटस्टार' मै रिलिज हुने उल्लेख गरिएको छ।

फिल्मलाई विपुल अमृतलाल शाह र जी स्टुडियोजले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्ममा विद्युतका साथै अभिनेत्री रुक्मिणी मैत्रा, नेहा धुपिया र चन्दन राय सान्याल लगायतको अभिनय रहेको छ। एक्सन र थ्रिलर फिल्म 'सनक' लाई कनिष्क वर्माले निर्देशन गरेका छन्।

यसअघि विद्युतको फिल्म 'खुदा हाफिज' मा देखिएका थिए। जुन फिल्म 'डिज्नी प्लस हट स्टार' मा नै प्रदर्शन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell