PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

दशैंमा नेपाली फिल्म रिलिज बारे दीपकराज भन्छन् 'साथीहरूले आँट गर्नुपर्थ्यो'



पहिलोपोस्ट

दशैंमा नेपाली फिल्म रिलिज बारे दीपकराज भन्छन् 'साथीहरूले आँट गर्नुपर्थ्यो'

काठमाडौं : बन्द भएका सिनेमा हलहरू असोज २१ गतेदेखि खुल्ने भएका छन्। पहिलो दिन भने हलिउड फिल्म 'फास्ट एण्ड फ्युरियस ९' रिलिज हुनेछ। त्यसपछि २६ गते मात्रै नेपाल फिल्महरु रिलिज हुनेछन्। तर अहिलेसम्म 'डाँडाको वरपिपल' र 'धन्दागिरी' ले मात्रै २६ गतेको रिलिज टार्गेट सार्वजनिक गरेको छ। तर, पहिले नै रिलिज हुने भनिएका ठुला बजेटका फिल्महरुले रिलिज डेट तय गर्न सकेका छैनन्।

यता, फिल्म रिलिज गर्न आनाकानी गरिरहेका फिल्म निर्मातासँग कलाकार दीपकराज गिरीले असन्तृष्टि पोखेका छन्। उनले फेसबुकमा एक स्टाट्स लेख्दै नेपाल फिल्ममेकरहरु सहज हुँदा भिड्ने तर अप्ठेरो बेला भाग्न खोजिरहेको उल्लेख गरेका छन्। यो अवस्थामा दशैंमा रिलिज गर्ने डेट तय गरेर बसेका फिल्म क्षेत्रका 'साथी'हरूले आँट गर्नु पर्ने उनले बताएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell