PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

संसद खुलाउने हो भने सभामुख र प्रधानमन्त्रीले सिधै ओलीसँग संवाद गर्नुपर्छ : खगराज अधिकारी



पहिलोपोस्ट

संसद खुलाउने हो भने सभामुख र प्रधानमन्त्रीले सिधै ओलीसँग संवाद गर्नुपर्छ : खगराज अधिकारी
FILE PHOTO

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सांसद खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको बताएका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकपछि सांसद अधिकारीले नेकपा एकीकृत समाजवादी अवैधानिक पार्टी भएको बताउँदै एमाले कानून र संविधानको रक्षाका लागि दृढताका साथ संसदमा उभिरहने बताएका हुन्।

उनले एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने बताए। सांसद अधिकारीले कानून र संविधान मिचेर सरकारमा सहभागी गराइएको अवैधानिक पार्टी सहभागी भएको बैठकमा सहभागी बनेर नेकपा एमाले कुनै पनि नराम्रो कार्यमा संलग्न नहुने उनले बताए।

'तपाईहरुले साच्चिकै अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रुपमै भेट्नुहोस्, ज्ञानेन्द्रबहादुर कार्कीलाई सिधै तपाईको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्नुहोस् किन निहुँ खोज्नुहुन्छ भनेका थियौँ। एकीकृत समाजवादी पार्टी वैधानिक पार्टी होइन।  उक्त पार्टीलाई सहभागी नगराए हामी वार्तामा आउँछौं' उनले भने।

यस्तै, नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि प्रधानमन्त्री र सभामुखले नेकपा एमालेका मुद्दालाई संवोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell