PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जबज अझै सान्दर्भिक, एमालेको नेतृत्व मजदुर वर्गले गर्नुपर्ने रणनीति लिएका छौं : बादल



पहिलोपोस्ट

जबज अझै सान्दर्भिक, एमालेको नेतृत्व मजदुर वर्गले गर्नुपर्ने रणनीति लिएका छौं : बादल

काठमाडौं : नेकपा एमालेका नेता रामबहादुर थापा बादलले जनताको बहुदलीय जनवाद (जबज) अझै सान्दर्भिक रहेको बताएका छन्। विधान महाधिवेशन व्यवस्थापन समितिका संयोजक समेत रहेका बादलले कार्यक्रमबारे जानकारी दिन बोलाइएको पत्रकार सम्मेलनमा जबजलाई अगाडि बढाइने बताएका हुन्।

'जबज कार्यक्रम अहिले पनि सान्दर्भिक छ। त्यसलाई अगाडि बढाइएको छ। नेपालको जनवादी क्रान्ति जबजबाट सफल भयो। अब जबजलाई नयाँ रुपमा संश्लेषण गर्ने भन्ने छ। जबजकै रुपमा लाने या नयाँ भन्ने विषय आएको छ। जबजलाई नै राजनीतिक प्रतिवेदनमा विकसित विचारका रुपमा राखिएको छ' उनले भने।

बादलले नेपालको भविष्य क्रान्तिसँग जोडिएको उल्लेख गर्दै एमालेको नेतृत्व मजदुर वर्गले गर्नुपर्ने रणनीति आफूहरुको रहेको बताए।

भने, 'नेकपा एमालेको नेतृत्व यहाँको मजदुर वर्गले गर्नुपर्छ भन्ने रणनीति छ। पार्टीको लोकतान्त्रिकरणमा जोड दिएको छ। पार्टीको लोकतान्त्रिकरणका हिसाबले ७ हजार संख्या हुन गएको हो'

उनले पार्टीको वैचारिक र जनधारमा सुधार गर्ने नीतिलाई अघि सारिएको बताए। पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटना गर्नुलाई केन्द्रीय कमिटीले सही ठहर गरेको समेत उनले बताए।

'केन्द्रीय कमिटी बैठकले संसद विघटन गर्नु जायज थियो भन्ने छ। केहि भिन्न मत पनि छन्। सरकार अपदस्थ गर्ने काम बेठिक थियो भन्ने छ। यसलाई दक्षिणपन्थी प्रवृत्तिको रुपमा परिभाषित गरिएको छ। पार्टीमा देखिएको अराजकताको भण्डाफोर गर्ने नारा निरुपण गरिएको छ' बादलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell