PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

१८ महिनापछि खुल्दै अष्ट्रेलिया, नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमा खुल्ने



पहिलोपोस्ट

१८ महिनापछि खुल्दै अष्ट्रेलिया, नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमा खुल्ने
Photo : Getty Images

अष्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय सीमा नोभेम्बरबाट खोल्ने भएको छ।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अष्ट्रेलिया सरकारले आफ्ना सबै सीमा १८ महिनादेखि बन्द गरेको थियो। अष्ट्रेलियाले आफ्नै नागरिकलाई समेत प्रेवशमा रोक लगाएको थियो। सरकारको उक्त निर्णयको समर्थनका साथै आलोचना भएको थियो। अब भने भ्याक्सिन लगाएका मानिसलाई प्रवेश दिने गरी अष्ट्रेलियाले आफ्नो सीमा खोल्न लागेको हो। हाललाई अष्ट्रेलियन नागरिक र विदेशमा फसेकाहरुलाई मात्रै प्रवेश दिइने बताइएको छ।

यस्तै, १४ दिन क्वारेन्टाइनलाई ७ दिन क्वारेन्टाइनमा सीमित गर्ने तयारी समेत गरेको छ। कोभिड १९ संक्रमणका कारण हाल सिड्नी, मेलबर्न र क्‍यानबेरा अझै लकडाउनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell