PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ललितपुरले विराटनगरलाई दियो २२७ रनको विशाल लक्ष्य



पहिलोपोस्ट

ललितपुरले विराटनगरलाई दियो २२७ रनको विशाल लक्ष्य
Photo : EPL

काठमाडौं : एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियोट्सले विराटनगर वारियर्सलाई २२७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२६ रन जोडेको थियो। यो स्कोर अहिलेसम्म इपीएलमा ठूलो लक्ष्य हो। 

ललितपुरका लागि सन्दुनले वीराक्कोडी र अज्मतुलाह ओमर्जाइले अर्दशतकीय पारी खेल्दै ललितपुरको स्कोरवोर्डलाई माथि उकाले। वीराक्कोडीले ४३ बलमा १० चौका र तीन छक्का खेल्दै ७३ रन बनाउँदा ओमर्जाइले २४ बलमा ७ छक्का सहित नटआउट ५८ रन बनाए।

ललितपुरका लागि कप्तान कुशल भुर्तेलले १७ बलमा चार चौका र दुई छक्का हान्दै ३२ रन जोडे। यसअघिका खेलमा नचलेका उनले आजको खेलमा राम्रो सुरुवात गरे। त्यस्तै, योगेन्द्रसिंह कार्कीले १८ बलमा १ चौका र तीन छक्काको सहयोगले २७ रन जोडे। नारायण जोशीले चार बलमा तीन छक्काको सहयोगले १८ रन जोडेर अविजित रहे। ललितपुरका जयकिसन कोशवालाले १० बलमा एक छक्कासहित १३ रन बनाउँदा पवन सर्राफ भने चार बलमा २ रन जोड्दै पेवेपिलयन फर्किए।

विराटनगरका लागि करण केसीले चार ओभरमा ४३ रन दिँदै दुई विकेट लिए। सिकन्दर राजाले दुई ओभरमा २७ रन दिँदै एक विकेट लिँदा प्रतिशत जीसीले ३ ओभरमा ४३ रन दिँदै १ विकेट लिए। दिलशन मुनावीराले तीन ओभरमा १३ रन दिँदै एक विकेट लिए। विराटनगरका रामनरेश गिरी र बसन्त रेग्मी महंगा सावित भए। गिरीले चार ओभरमा ५४ रन दिए भने रेग्मीले ४४ रन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell