PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फेरि पोलपोलमा केपी ओली : एमालेको विधान महाधिवेशनका यस्ता छन् दृश्य

फेरि पोलपोलमा केपी ओली : एमालेको विधान महाधिवेशनका यस्ता छन् दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पर्सिसम्म चल्ने विधान महाधिवेशनको तयारी पूरा भएको महाधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ।

महाधिवेशनको उद्घाटन शुक्रवार अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। सम्मेलन केन्द्रमा अहिले एमाले नेता कार्यकर्ता पुग्न सुरु भइसकेको छ। केन्द्रलाई एमालेको झण्डा र ब्यानरले सजाइएको छ। ठाउँठाउँमा ओलीको तस्विरसहित प्रवेशद्वार बनाइएको छ। बानेश्वर सडकखण्डमा रहेका पोलहरु देखि सम्मेलन केन्द्रसम्मै ओलीको तस्विर देख्न सकिन्छ। कार्यक्रमस्थलमा ओलीको तस्विरसँग फोटो खिच्नेको घुँइचो लागेको छ। 

विधान महाधिवेशनमा हजारौं मानिस पुग्ने भएकाले त्यहाँ ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। सम्मेलन केन्द्रमा पर्याप्त पार्किङ स्थल नहुँदा सडकको वरिपरि नै गाडीहरु पार्किङ गरेर राखिएका छन्। 

उद्घाटन सत्रपछि शुक्रवार नै सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभागका प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन्।

प्रधानमन्त्री हुँदा सामाजिक सुरक्षा कोषको घोषणा गर्दाको झल्को दिनेगरी ओलीका पोस्टरहरु छ्यापछ्याप्ती पारिएको छ भने पोलपोलमा झुन्ड्याइएको छ। त्यतिखेर 'नयाँ युगको सुरुवात' भन्ने नारासहित ओलीका तस्बिर जताततै राखिएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell