PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

साफ च्याम्पियनसीपमा नेपालले माल्दिभ्सको सामना गर्दै, एन्फाले भन्यो : खेल नेपालमा प्रसारण हुँदैन



पहिलोपोस्ट

साफ च्याम्पियनसीपमा नेपालले माल्दिभ्सको सामना गर्दै, एन्फाले भन्यो : खेल नेपालमा प्रसारण हुँदैन

काठमाडौं : साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसीप आजबाट सुरु हुँदैछ। मालेस्थित नेशनल फुटबल स्टेडियममा सुरु हुने खेलमा आज नेपालले घरेलु टिमको सामना गर्दैछ। माल्दिभ्स सन् २०१८ मा भएको साफ च्याम्पियनसिपको विजेता टोली पनि हो। नेपालले नेपाली समय अनुसार राति ९: ४५ मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि श्रीलंका र बंगलादेश बिच प्रतिस्पर्धा हुनेछ। 

'हेड टु हेड' मा नेपालले माल्दिभ्सलाई हालसम्म पराजित गर्न सकेको छैन।  दुवै टोलीले हालसम्म १६ खेल खेलेका छन्। जसमा नेपालले ८ वटामा पराजय भोगेको छ। माल्दिभ्सले ४ खेल जितेको छ भने ४ खेलमा दुवैको टोलीले बराबरी खेलेका छन्।

पछिल्लोपटक नेपालले सन् २०१८ मा भएको साफ च्याम्पियनसीपमा माल्दिभ्सिको सामना गरेको थियो। जसमा नेपालविरुद्ध माल्दिभ्सले ३ गोल गरेको थियो।

नेपाल र माल्दिभ्सविरुद्धको खेल नेपालमा भने प्रसारण नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज एक विज्ञप्ति जारी गर्दै खेल प्रसारण नहुने जनाएको हो।

एन्फाले ब्रोडकास्टिङ राइटका लागि बोलपत्र आह्वान गरे पनि निवेदन दिएकाहरुले एन्फाको शर्तहरु पूरा गर्न नसकेको जनाएको छ। एन्फाले खेलको फोटो र म्याच रिपोर्ट वेबसाइट र सोसल मिडियाबाट जानकारी दिने बताएको छ।

एन्फाको विज्ञप्ति :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell