PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

इपीएलमा ललितपुरको पहिलो जित, विराटनगरलाई ३७ रनले हरायो



पहिलोपोस्ट

इपीएलमा ललितपुरको पहिलो जित, विराटनगरलाई ३७ रनले हरायो

काठमाडौं : एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियोट्सले विराटनगर वारियर्सलाई ३७ रनले हराएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुर निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २६ रन जोडेको थियो।

२ सय २७ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको विराटनगर वारियरर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८९ रन बनायो।

पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको विराटनगरका ओपनर चन्द्रापाउल हेमराजले ११ बलमा तीन चौका र १ छक्काको मद्दतले २४ रन बनाउँदै पेवेलियन फर्किए। ३.५ ओभरमा हेमराजलाई अजमतुल्लाह ओमर्जाइले बोल्ड गरेपछि चार ओभरमा ५१ रन बनाएको थियो।

दोस्रो विकेटका लागि अर्को पचास रनको साझेदारी आसिफ शेख र दिलसान मुनावीराले गरे। आसिफले ३० बलमा ६ चौकाको सहायताले ३७ रन बनाएर आउट भए। विराटनगरका लागि मुनावीराले ३९ बलमा पाँच चौका र चार छक्काको मद्दतले ५९ रन बनाए। तेस्रो विकेट स्वरुप सिकन्दरराजालाई १४.४ ओभरमा गुमाएको विराटनगरले त्यसपछि लगातार विकेट गुमाइरह्यो। सिकन्दर राजा २ चौका र २ छक्काको मद्दतले १२ बलमा २४ रन बनाएर पेवेलियन फर्किए।

विराटनगरका लागि बसन्त नटआउट ७ रन र प्रतिश जीसीले नटआउट ३ रन जोड्दा कप्तान करण केसी पहिलो बलमा चौका हानेर दोस्रो बलमै आउट भएका थिए। बलिङतर्फ ललितपुरका अजमातुल्लाह ओमर्जाइले ४ ओभर खेल्दै ४२ रन दिएर विराटनगरका चार ब्याट्सम्यानलाई पेवेलियन फर्काएका थिए। खेलको १६ औं ओभरमा मुनावीरा, करण केसी र सौरभ खनाललाई पेवेलियन फर्काएका थिए। त्यस्तै ललित राजवंशीले ४ ओभरमा २५ रन दिएर २ विकेट लिँदा योगेन्द्र कार्कीले तीन ओभरमा १ विकेट लिए।

ललितपुरका लागि सन्दुनले वीराक्कोडी र अज्मतुलाह ओमर्जाइले अर्दशतकीय पारी खेल्दै ललितपुरको स्कोरवोर्डलाई माथि उकाले। वीराक्कोडीले ४३ वलमा १० चौका र तीन छक्का खेल्दै ७३ रन बनाउँदा ओमर्जाइले २४ बलमा ७ छक्का सहित नटआउट ५८ रन बनाए। ललितपुरका लागि कप्तान कुशल भुर्तेलले १७ बलमा चार चौका र दुई छक्का हान्दै ३२ रन जोडे। यसअघिका खेलमा नचलेका उनले राम्रो सुरुवात गरेका थिए। त्यस्तै योगेन्द्रसिंह कार्कीले १८ बलमा १ चौका र तीन छक्काको मद्दतले २७ रन जोडे। नारायण जोशीले चार वलमा तीन छक्काको मद्दतले १८ रन जोडेर अविजित रहे। ललितपुरका जयकिसन कोशवालाले १० बलमा एक छक्कासहित १३ रन बनाउँदा पवन सर्राफ भने चार बलमा २ रन जोड्दै पेवेलियन फर्किए।

विराटनगरका लागि करण केसीले चार ओभरमा ४३ रन दिँदै दुई विकेट लिए। सिकन्दर राजाले दुई ओभरमा २७ रन दिँदै एक विकेट लिँदा प्रतिशत जीसीले ३ ओभरमा ४३ रन दिँदै १ विकेट लिए। दिलशन मुनावीराले तीन ओभरमा १३ रन दिँदै एक विकेट लिए। विराटनगरका रामनरेश गिरी र बसन्त रेग्मी महंगा सावित भए। गिरीले चार ओभरमा ५४ रन दिए भने रेग्मीले ४४ रन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell