PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

शाही अधिकार गुमाएर सामान्य नागरिकसँग बिहे गर्दै जापानकी राजकुमारी



पहिलोपोस्ट

शाही अधिकार गुमाएर सामान्य नागरिकसँग बिहे गर्दै जापानकी राजकुमारी
GETTY IMAGES/BBC

वर्षौ लामो विवादपछि आफ्नो शाही पहिचानलाई तिलाञ्जली दिँदै जापानकी राजकुमारी माकोले पूर्व सहपाठीसँग बिहे गर्ने भएकी छिन्। यसै महिना उनको सामान्य नागरिकसँग बिहे हुनेछ।

इम्पेरियल हाउसहोल्ड एजेन्सीले बिहेको मिति २६ अक्टोबरलाई तय भएको जनाएको छ। 

यो जोडीले पहिले नै अर्थात् २०१८ मा नै बिहे गर्ने तयारी गरेको थियो जुन पछि स्थगित भयो। कोमुरोको परिवार आर्थिक संकटबाट गुज्रिन पुग्दा एकाएक बिहेको योजना विथोलिएको थियो। 

बिहेपछि यो जोडी अमेरिका जाने अपेक्षा गरिएको छ। कोमुरो बिहेपछि वकिलका रुपमा कम गर्ने छन्। जापानका मिडियाले यस विषयलाई व्यापक रुपमा कभर गरेका छन्। 

यो जोडीको पहिलो भेट भने सन् २०१२ मा भएको थियो। राजधानी टोकियोमा रहेको इन्टरनेसनल क्रिस्चियन युनिभर्सिटीमा उनीहरु सँगै पढ्थे। यी दुईको सन् २०१७ मै इन्गेजमेन्ट भएको थियो र २०१८ मा बिहेको तयारी पनि। बिहे रोकिएको पछिमात्र खुलेको थियो कि कोमुरोको आमाले पूर्व पतिबाट लिएको ऋण तिर्न सकेकी थिइनन्। 

यता दरबारले भने बिहे रोकिनुको कारणसँग उनको आमाको आर्थिक कारोबारको कुनै नाता नरहेको दावी गर्दै आएको थियो। तर, राजकुमारी माकोका बाबु युवराज फुमिहितोले बिहे अघि पैसाको विषय सुल्टिनुपर्ने बताएका थिए। 

दरबार छाड्दा माकोले पाउने १३ लाख अमेरिकी डलर (१५ करोड येन) पाउने छैनन्। शाही परिवारका सदस्यले घर छाड्दा यस्तो रकम उपलब्ध गराइने परम्परा छ। उनले बिहेको शाही शैली पनि नअपनाउने अपेक्षा गरिएको छ। यसो भयो भने पैसा नबुझ्ने र शाही शैली नअपनाउने उनी पहिलो शाही सदस्य हुनेछिन्। 

जापानको शाही परम्परामा सदस्यले आम नागरिकसँग बिहे गरेमा महिलाले आफ्नो पद गुमाउँछन् तर पुरुषले त्यसरी बिहे गर्दा कुनै फरक पर्दैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell