PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

काठमाडौं प्रशासनको स्पष्टीकरण : सभा, जात्रापर्व गर्न रोक लगाएका छैनौं



पहिलोपोस्ट

काठमाडौं प्रशासनको स्पष्टीकरण : सभा, जात्रापर्व गर्न रोक लगाएका छैनौं

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीवार दिएको आदेशबारे स्पष्टीकरण दिएको छ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक/सांस्कृतिक मेला, जात्रा पर्व लगायतका चाडपर्व गर्न रोक नलगाएको जानकारी दिएका हुन्। प्रशासनले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी गरिने कुनै पनि चाडपर्व र सभा सम्मेलनमा बन्देज नलगाएको स्पष्ट पारेको हो।

बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा ' कोभिड १९ संक्रमण भइरहेकाले अनावश्यकरुपमा घरबाट ननिस्किन, जम्मा नहुन, भिडभाड नगर्ने, जुलुस नगर्ने, जात्रा मोहत्सव, भोज आदि नगर्न/ नगराउन' उल्लेख थियो। प्रशासनको उक्त आदेश सार्वजनिक भएपछि आलोचना भएको थियो। बिहीवार राति नै गृहमन्त्रालयले सभा, सम्मेलन, जात्रा तथा चाडपर्व मनाउन रोक नलगाएको स्पष्टीकरण दिएको थियो।

प्रशासनले अझै कोभिड १९ संक्रमणको फैलिने सम्भावना रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह समेत गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell