काठमाडौंः पशुपतिनाथ नजिकै बस्ने एक बाबा (जोगी) लाई खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहान चितवन घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको हो।
असोज ११ गते बिहान पौने ६ बजे पशुपतिस्थित विश्वरुपा जाने बाटोको छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार भएको थियो। प्रहरीले घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको जानकारी दिएको छ।
