PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

शिव परियारले गाएको पहिलो गीत 'जति बिर्स्यो तिम्रो याद' को भिडियो सार्वजनिक



पहिलोपोस्ट

शिव परियारले गाएको पहिलो गीत 'जति बिर्स्यो तिम्रो याद' को भिडियो सार्वजनिक

काठमाडौं : शिव परियार 'गान्धर्व संगीत प्रशिक्षण केन्द्र' संगीत सिकिरहेका थिए। गुरु चन्दन कुमार श्रेष्ठसँग संगीत सिक्दै गर्दा शिवले गीत रचना गर्न थाले। औपचारिक संगीत करियर सुरुवात गरे। २०५८ सालमा सुरेश वाग्लेले लेखेको गीत उनले 'कम्पोज' गरे। गीतको बोल थियो- जति बिर्स्यो तिम्रो याद।

२०५९ सालमा रेडियो नेपालमा आधुनिक गीत प्रतियोगीताको आयोजना भएको थियो। शिवले प्रतियोगितामा सहभागिता जनाए। 'जति बिर्स्यो तिम्रो याद' गीत गाएर उनी प्रतियोगितामा स्वर विधा तर्फ प्रथम हुन सफल भए। एक वर्षपछि 'जति बिर्स्यो तिम्रो याद' गीतलाई लाइभ रेकर्ड गरिएको थियो।

करिब २० वर्ष पुरानो शिव परियारको पहिलो गीत 'जति बिर्स्यो तिम्रो याद' को भिडियो हालै सार्वजनिक भएको छ। 'नेपाली वेबसाइट'को युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

सुरेश वाग्लेको शब्द रहेको गीतमा परियारकै स्वर तथा संगीत रहेको छ। गीतको भिडियोमा कलाकार सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ। गीतको भिडियोमा बुद्ध लामाको छायाङ्कन र निकेश खड्काको निर्देशन रहेको छ।

परियार आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक हुँदा निकै उत्साहित छन्। पुरानो गीतलाई रिमेक गरिएको उनले बताए।

'पहिलो गीत रिमेक गरी सार्वजनिक गरिएको हो। र नयाँ गीतले नयाँ पुस्ताको मन छुनेमा विश्वास छ' उनले भने।।

गीतमार्फत २० वर्षअघि को यात्राको स्मरण गरिरहेको गायक शिव परियारले बताए।

भन्छन्, 'यो नयाँ भर्सनलाई हामीले सन् २०१८ मा तयार पारेका हौँ। यसमा अन्तराको लय परिवर्तन गरिएको छ। उपयुक्त समय हेरेर 'नेपाली संगीत बजारमा निकै रुचाइएको गजल संगीत हामीले पुनः नयाँ रूपमा ल्याएका छौ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell