PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

नेता नभएको भए कलाकार बन्थेँ होला : प्रचण्ड



पहिलोपोस्ट

नेता नभएको भए कलाकार बन्थेँ होला : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज जमलस्थित नाचघरमा आयोजित 'राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड -२०७८'मा सहभागी भए।

कार्यक्रममा मन्तव्य दिँदै प्रचण्डले बाल्यकालदेखि नै आफूलाई कलाकार बन्ने रहर रहेको बताए। साथै, अहिले नेता नभएको भए कलाकारिता क्षेत्रमा लागेको हुने बताए।

'गीतसंगीत, संस्कृति र खेलकुद भनेपछि मेरो लठै पर्ने बानी छ। म पनि निकै भावुक छु। सम्मानित भएको कलाकारहरुलाई देख्दा म पनि यस्तै भएको भए हुन्थ्यो होला लागिरहेको छ। सानोमा मैले गीत संगीत र नाच्नेमा करियर लैजाने होकी भनि सोचेको थिए। तर इच्छा भएर पनि परिस्थितिले साथ दिएन। नत्र म पनि कलाकार नै हुन्थे होला जस्तो लाग्छ' उनले भने।

कला संस्कृती र खेलकुदको क्षेत्र भनेको राष्ट्रलाई एकताबद्ध गर्ने र प्रतिष्ठा बढाउने विधा भएको प्रचण्डले बताए।

राजनीतिक कार्यक्रम 'निरस र भावरहित' हुने उनको तर्क छ।

भने,'राजनीतिक कार्यक्रममा घोचपेच र अझ अचेल त गालीगलौज नै हुन थालेको छ। त्यस्तो कार्यक्रमको चटारोबाट यस्तो रसिलो, भावुक, संगीतमय र लोकसंस्कृती झल्किने कार्यक्रममा आउन पाउँदा रिल्याक्स महसुस गरेको छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell