PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

थपिए १०६६ जना कोरोना संक्रमित, २ लाख १७ हजार बढीले लगाए खोप



पहिलोपोस्ट

थपिए १०६६ जना कोरोना संक्रमित, २ लाख १७ हजार बढीले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ६६ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। १३ हजार ३६८ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणका क्रममा ८९८ जनामा र १३८ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो।

थप ९३८ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ११५ पुगेको छ।

संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार १४८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ३९१ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। हालसम्म ६३ लाख २८ हजार ३२७ जना (२९.१ प्रतिशत)ले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। यस्तै, ७३ लाख ३१ हजार १८८ जना (३५.१ प्रतिशत)ले खोपको पहिलो मात्रा लगाइसकेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell