PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

परिवर्तनलाई संस्थागत गर्न माओवादी लिगेसी बोकेका नेताहरु एक ठाउँमा उभिनुपर्ने प्रचण्डको भनाइ



पहिलोपोस्ट

परिवर्तनलाई संस्थागत गर्न माओवादी लिगेसी बोकेका नेताहरु एक ठाउँमा उभिनुपर्ने प्रचण्डको भनाइ

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी लिगेसी बोकेका सबै नेताहरु एक ठाउँमा हुनुपर्ने बताएका छन्। शुक्रवार प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

अहिले पनि ‘प्रतिक्रियावादी’हरुले माओवादी लिगेसी बोकेका नेताहरुलाई अपराधीको रुपमा चित्रित गर्ने गरेको बताउँदै उनले त्यस विरुद्ध पनि एक हुन जरुरी रहेको बताए।

जनयुद्ध लिगेसीबाट आएका मोहन वैद्य‘किरण’, डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द‘विप्लव’ जो जहाँ रहेपनि आफूहरुलाई प्रतिक्रियावादीहरुले अपराधीको रुपमा लिने गरेको प्रचण्डको भनाइ थियो।

‘हामी जहाँ भएपनि प्रतिक्रियावादीहरुको नजरमा अहिले पनि अपराधी हौँ,’ उनले भने, ‘आवश्यकता अनुसार अब सबै साथीहरु एक ठाउँमा आउनुपर्ने हुन्छ। त्यो परिस्थितिले सबै कुरा अगाडि ल्याउँछ।’ उनले आफूहरुले लडेर ल्याएको परिवर्तनलाई रक्षा गर्न पनि एक ठाउँमा उभिनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell