PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मनिषको गोलमा नेपालको जित, साफमा सुखद सुरुवात



पहिलोपोस्ट

मनिषको गोलमा नेपालको जित, साफमा सुखद सुरुवात
Photo: ANFA

काठमाडौं: आजबाट सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपालले सुखद सुरुवात गरेको छ। माल्दिभ्सको मालेमा आज सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८६ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपालको जित सुनिश्चित गरे। खेलको ८० औं मिनेटमा मैदान प्रवेश गरेका डाँगीले काउन्टरमा उत्कृष्ट गोल गर्दै नेपालको जित सुनिश्चित गराएका हुन्।

अब नेपालले दोस्रो खेलमा सोमवार श्रीलंकाको सामना गर्नेछ।

प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell