PahiloPost

Jul 3, 2024 | २० असार २०८१

विद्युत प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट र केबलको तार काट्न थाल्यो



पहिलोपोस्ट

विद्युत प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट र केबलको तार काट्न थाल्यो

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायकहरुको तार काट्न थालेको छ। आफ्नो पोल प्रयोग गरेकाहरुलाई असोज १५ गतेसम्म भाडा नतिरे तार काट्ने सूचना निकालेको प्राधिकरणले आजदेखि धमाधम तार काट्न थालेको हो।

प्राधिकरणका देशभर रहेका १२९ वितरण केन्द्रमार्फत हरेक ठाउँमा एउटा/एउटाको दरले सांकेतिकरूपमा तार काटिएको प्राधिकरणले जनाएको छ। एउटा वितरण केन्द्रले एउटा मात्रै कुनै आइएसपी वा केबुल टिभीको तार काटेका छन्।

काठमाडौं उपत्यकाका १० वटै वितरण केन्द्रको १/१ ठाउँमा तार काटिएको वाग्मती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेले बताए। वाग्मती प्रदेशमा २० वटा वितरण केन्द्र रहेका छन्। सबै वितरण केन्द्रमा १/१ ठाउँमा तार काटिएको उनले बताए।

प्रादेशिक कार्यालय विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट हरेक वितरण केन्द्रबाट कम्तिमा १/२ ठाउँमा तार काटिएको हो।नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका महासचिव मनोज गुरुङले टिभी अपरेटरहरूको तार काटिएको बारे कुनै जानकारी नआएको बताएका छन्।

'इन्टरनेट कम्पनीहरूको काटिएको जानकारी आएपनि हाम्रो कतै काटिएको छैन। पोलभाडा बारे प्राधिकरणसँग कुराकानी भइरहेको छ,' गुरुङले भने।

आइस्पानले अहिले देशभर कता कता तार काटियो भन्ने विवरण संकलन गरिरहेको र कति ग्राहकहरूलो सेवा अवरुद्ध भयो भन्ने जानकारी आइनसकेको आइस्पानका सीइओ सुभास खड्काले बताए।

प्राधिकरणले पोलभाडा सम्झौता गरेका र भाडा सझौताको लागि प्रक्रियामा गएका सेवा प्रदायक बाहेक अरु कम्पनीहरुको तार काटिएको हो।

अहिले सांकेतिक रुपमा हरेक वितरण केन्द्रको १/२ ठाउँमा तार काटिएको छ। कुनै कुनै वितरण केन्द्रले अहिले पनि तार काटिरहेका छन्। साँझसम्म सम्पर्कमा नआउने सेवा प्रदायकहरुको कम्तिमा १/२ ठाउँमा भए पनि तार काटिने वाग्मती प्रदेश प्रमुख पाण्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell