PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

फिलिपिन्सका राष्ट्रपतिले गरे राजनीतिमा संन्यास लिने घोषणा



पहिलोपोस्ट

फिलिपिन्सका राष्ट्रपतिले गरे राजनीतिमा संन्यास लिने घोषणा
Photo: REUTERS

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्टेले २०२२ मा राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। २०२२ मा त्यहाँ राष्ट्रपतीय निर्वाचन हुँदै छ। 

'आज म राजनीतिबाट अवकाश लिने घोषणा गर्दै छु,' शनिवार ७६ वर्षका राष्ट्रपति दुतेर्टेले पत्रकारहरूमाझ निर्वाचन आयोगको कार्यालय परिसरमा भनेको सिन्ह्वाले जनाएको छ। 

उनको यो अप्रत्याशित घोषणाका क्रममा उनले फिलिपिनोको 'बढ्दो सेन्टिमेन्ट'लाई ध्यानमा राखेर यस्तो निर्णय लिएको बताए।  

'विश्वव्यापी फिलिपिनोहरुको सेन्टिमेन्ट म यो पदका लागि योग्य छैन भन्ने छ,' उनले भने, 'म जनताको इच्छा अनुसारको निर्णय लिनेछु।'

राष्ट्रपति कार्यालयका प्रवक्ता ह्यारी रोकले दुतेर्टे बाकी रहेको अवधिमा देशलाई कोभिड-१९ पछिको समयलाई दिशा निर्देश गरेर बिताउने बताए।  दुतेर्टेले २०२२ निर्वाचनमा आफ्ना उम्मेदवारका पक्षमा अभियान चलाउने बताइएको छ। २०२२ को निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन राष्ट्रपति लाग्ने प्रवक्ताले भनेका छन्। 

उनको कार्यकाल ३० जुन २०२२ मा सकिँदै छ। दुर्तेटे शनिवार मनिलास्थित निर्वाचन आयोगमा उपस्थित थिए। त्यहाँका उनका पूर्व सहयोगी तथा सिनेटर क्रिस्टोफर गो (४७) उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न पुगेका थिए। 

दुतेर्टेको पीडीपी-लबान पार्टीले उनलाई राष्ट्रपति र गोलाई उपराष्ट्रपतिको उम्मेदवारी बनाउने निर्णय गरेको थियो। जसलाई उनले स्वीकारसमेत गरेका थिए। तर अहिले उनले त्यसलाई अस्वीकार गरेका छन्। 

उनी २०१६ को मे मा सम्पन्न निर्वाचनमा उनी राष्ट्रपति निर्वाचित भएका थिए। फिलिपिन्सको संविधानमा राष्ट्रपतिलाई एक वर्षको एक कार्यकाल मात्र हुन पाउने व्यवस्था छ। 

पार्टीले निर्णय गरे पनि दुतेर्टेले शनिवार राजनीतिबाट संन्यास लिने घोषणा गर्दै गर्दा भनेका थिए- 'आम जनताको चाहना म राष्ट्रपति हुन योग्य छैन भन्ने छ। यो संविधान, विधि, नियम र कानुनको पनि खिलाफमा हुने छ।'

२०२२ मा हुन् निर्वाचनका लागि अक्टोबर १ देखि अक्टोबर ८ सम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ। 

फिलिपिन्सका बक्सिङ आइकन तथा सिनेटर मान्नी प‍्याक्यआओले शुक्रवार नै राष्ट्रपति पदका लागि उम्मेदवारी दिइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell