PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

एमाले विधान महाधिवेशनको रमझम : गोदावरीमा गुञ्जियो पश्चिमको देउडा, फुर्सदमा झुमे नेता/कार्यकर्ता



प्रकाश भण्डारी

एमाले विधान महाधिवेशनको रमझम : गोदावरीमा गुञ्जियो पश्चिमको देउडा, फुर्सदमा झुमे नेता/कार्यकर्ता

काठमाडौं : यतिखेर दक्षिणी ललितपुरको गोदाबरी मेलामय बनेको छ। नेकपा एमालेको विधान महाधिवेशनका लागि यहाँ ६ हजारभन्दा धेरै नेता कार्यकर्ता उत्रिएका छन्। व्यवस्थित हिसाबले समूह बनाएर पार्टीको नीतिमाथि मन्थन चलिरहेको छ।

मन्थनमै सबै रमाउने कुरा भएन। त्यसैले, बिचबिचमा रमाइलो पनि चलिरहेकै छ। त्यही क्रममा आज भने फरकखालको दृश्य देखियो, धुन गुञ्जियो। 

बेला त खाना खाने थियो। हल खाली भइहाल्यो। त्यसैको मौका छोपे सुदूर पश्चिमबाट आएका नेता कार्यकर्ताले।  अनि देउडा गुञ्जिन थालिहाल्यो र एक अर्काका हात समाएर अगाडि पछाडि गर्दै उनीहरु झुम्न थालिहाले - छमक्क छमक्क भन्दै।

भाका यस्तो थियो गुञ्जेको-  

सलल मलेव घुम्छ बादल मुनि मायालाई
चट्ट नजर सूर्यमा माया कलेजीमा मायालाई
जबजको बिचार बोकी अघि बढ मायालाई
आफ्नै घरको भर नगरी जान्छौ कहाँ मायालाई?

गीतसँगै नाचगान चले पनि संदेश चाहिँ पूरै राजनीतिक। उनीहरुले सरकारको आलोचना पनि गीतैबाट गरिरहेका थिए। साथै नेकपा एमालेको प्रचारप्रसार पनि। एक नम्बर पार्टी रहेको पनि गीतबाटं भाका हालिरहे। जनताको पार्टी भन्दै उनीहरु झुमिरहँदा सुदूर पश्चिम एमाले अध्यक्ष कर्ण थापा, केन्द्रीय उपाध्यक्ष भीम रावल, विद्यार्थी सुदूर पश्चिममात्र, होइन कर्णालीको पनि भाका जोडियो। कर्णालीका नेताहरुले पनि भाका हाले उही शैलीमा -


एकता तोडेर नजाउ साथी हो
दुस्मनलाई हँसाउन नजाउ हो
मूल बाटो मोडेर नजाउ हो
एकता मै बल हुन्छ
एमाले छोडेर नजाउ साथी हो 
मूल बाटो मोडेर नजाउ साथी हो 
लक्ष हाम्रो एउटा हो देशलाई सुन्दर बनाउने।

पार्टी अध्यक्ष केपी शर्मा ओली आइनपुगेकाले चुनावमा प्रचार गर्नका लागि तयार पारिएका क्लिपहरु सभा हलमा देखाइएको छ। त्यसमा ओलीले गरेका कामहरुको प्रचार सामग्री छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell