PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

इपीएलमा विराटनगरको पहिलो जित, काठमाडौं विरुद्ध ७ रनको जित



पहिलोपोस्ट

इपीएलमा विराटनगरको पहिलो जित, काठमाडौं विरुद्ध ७ रनको जित

काठमाडौं : एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सले पहिलो जित दर्ता गरेको छ। आजको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग ११ लाई ७ रनले जितेको हो। 

वर्षाका कारण मैदान नसुकेपछि ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको थियो। 

विराटनगरका लागि ८ ओभरको खेलमा पाँचौँ नम्बरमा आएका ब्याट्सम्यान अनिल साहले १६ बलमा नटआउट पाँच छक्का र दुई चौकाको सहायताले ४५ रन जोड्दै विराटनगरको स्कोरलाई १०४ रन पुर्‍याए। उनले अन्तिम ओभरमा तीन छक्का हाने। 

विराटनगरका लागि सौरभ खनाल नटआउट पाँच रन जोडे। ओपनर रेयान पठानले ११ बल खेलेकोमा दुई चौका र ३ छक्कासहित ३० रन बनाए। दोस्रो ओभरको अन्तिम बलमा गुलशन झाको बलमा उनी क्याच आउट भए। तेस्रो ओभरको तेस्रो बलमा आसिफ शेख दुई रन बनाएर पेवेलियन फर्खिए। लगत्तै चौथो बलमा लिशान मुनावीरा पनि १ रन बनाउँदै पेवेलियन फर्किए। 

चौथो ओभरको पाँचौँ बलमा सिकन्दर राजा पनि चार रनको व्यक्तिगत स्कोर बनाएर पेवेलियन फर्किए। लगातार विकेट झरिरहेको अवस्थामा कप्तान करण केसी र अनिल साहले विराटनगरको स्कोरलाई उकासे। सातौँ ओभरको तेस्रो बलमा कप्तान करण केसी रनआउट भए। उनले ११ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए। काठमाडौंका लागि गुलसन झा, सन्दीप लामिछाने र रेयान वुर्लले एक/एक विकेट लिए। 

१०५ रनको लक्ष्य लिएर क्रिजमा उत्रिएको काठमाडौंले निर्धारित ८ ओभरमा ९७ रन जोड्यो। काठमाडौंका लागि रहमुल्लाह गुर्वाजले १५ बलमा २८ रन जोडे। त्यस्तै राजु रिजाल नटआउट १५ बलमा २४ रन, सुवाश खकुरेलले नटआउट १० बलमा २६ रन जोडे। त्यस्तै वुर्लले १५ रन जोडे। 
विराटनगरका लागि प्रतिस जीसीले १ र रेयान पठानले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell