PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राजकुमार लेखीसहित ५५ जनालाई ओलीको स्वागत, पोखरेलको टीका



पहिलोपोस्ट

राजकुमार लेखीसहित ५५ जनालाई ओलीको स्वागत, पोखरेलको टीका

काठमाडौं : नेकपा एमालेले विधान अधिवेशनका बिच राजकुमार लेखीसहित ५५ जनालाई पार्टी प्रवेश गराइएको छ।

पार्टी अध्यक्ष ओलीको चर्को प्रचारसहित जारी अधिवेशनमा आज लोकतान्त्रिक समाजवादी पार्टीका लेखी सहितका कार्यकर्तालाई एमाले प्रवेश गराइएको हो। लेखी महन्थ ठाकुर नजिकका नेता हुन्। एमाले प्रवेश गरेका अन्यको भने राजनीतिक उचाई उनीजस्तो छैन।

लेखी सहितको टिमलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे भने महासचिव इश्वर पोखरेलले टीका लगाएका थिए। 

ओली स्वास्थ्य अवस्थाका कारण हिजो बैठकमा उपस्थित थिएनन्। आज उपस्थित छन् तर राम्ररी उठ्न सकेका छैनन्। उद्घाटनका दिन पनि उनको प्रतिवेदन शंकर पोखरेललाई पढ्न लगाइएको थियो।

विश्लेषकहरुले विधानमाथि छलफलभन्दा ज्यादा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शक्ति प्रदर्शनका रुपमा विधान अधिवेशन देखिएको टिप्पणी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell