PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

यस्तो बन्नेछ एमालेको संगठनात्मक संरचना : पदाधिकारी १५, स्थायी कमिटी ४५ सदस्यीय



पहिलोपोस्ट

यस्तो बन्नेछ एमालेको संगठनात्मक संरचना : पदाधिकारी १५, स्थायी कमिटी ४५ सदस्यीय

काठमाडौं : नेकपा (एमाले)ले केन्द्रीय तहमा तीन तहको कमिटी निर्माण गर्ने भएको छ। एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको विधान मस्यौदा र संगठनात्मक संरचना अन्तर्गत केन्द्रमा केन्द्रीय समिति सहित तीन तहको संरचना हुनेछ। 

महाधिवेशनबाट केन्द्रीय कमिटी र केन्द्रीय कमिटीबाट निर्वाचित ४५ सदस्यीय स्थायी कमिटीको व्यवस्था गरिएको छ।  साथै पदाधिकारी सम्मिलित सचिवालय गठन गरिने छ। 

एमालेको पदाधिकारीको संख्या १५ पुर्‍याइने भएको छ। संगठन विभाग प्रमुख विष्णु पौडेलले महाधिवेशनमा १३ सदस्य पदाधिकारी सहितको ढाँचा प्रस्तुत गरेका थिए। 

महाधिवेशनमा छलफलका क्रममा संख्या बढाउन सुझाव दिएका थिए। छलफलका क्रममा उपाधयक्षमा १ देखि ९ सम्म राख्ने सुझाब आएका थिए। त्यस्तै, उपमहासचिवा तीन जनासम्म राख्ने सुझाव आएको थियो। 

'सुझाव माने गल्लीमा पदाधिकारीसँग कुम ठोक्किने अवस्था आउँछ। परिचय सोध्दै हिड्नुपर्ने अवस्था आउँछ,' पौडेलले भने, '१३ सदस्यीय पदाधिकारीको प्रस्ताव प्रस्तुत गरेको थिए। सुझाव आएको थपौँ भनेर। यसलाई सामान्य परिमार्जन सहित १५ पदाधिकारीको संख्या अधिकतम सीमा हुनेछ।'

जसअनुसार अध्यक्ष, महासचिव, वरिष्ठ उपाध्यक्ष १ जनासहित उपाध्यक्षहरु ५ जना, उपमहासचिव १ र सचिव सात जनाको हुने छ। 
त्यस्तै, केन्द्रमा मात्र रहने गरी तीन वटा आयोगको व्यवस्था गरिने छ। यी आयोगहरु १५ सदस्यीय हुनेछन्। यसअघि आयोग २१ सदस्यीय थियो। 

केन्द्रीय आयोग तहमा मात्र रहने गरी अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग बन्नेछन्। यसअघि लेखा परीक्षण आयोग रहने गरेकोमा परीक्षणलाई हटाएर लेखा आयोगमात्र राखिने भएको छ।

आयोगका अध्यक्षको उपस्थिति केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकमा सहभागी हुनेछ। 

प्रदेश कमिटीमा आधार संख्या ५० राखिएको छ। यसरी हरेक प्रदेशमा त्यहाँको प्रतिनिधिसभाको क्षेत्र अनुसार संख्या बढ्ने छ। प्रदेशमा हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्र अनुसार पाँच जना थप हुनेछन्। 

उपत्यकामा विशेष प्रदेश कमिटीको पनि आधार संख्या ५० र जिल्ला कमिटीको संख्या अनुसार पाँच थप गर्दै जाने व्यवस्था गरिएको छ। 

त्यस्तै, जिल्लामा पनि आधार संख्या ५० रहने छ र हरेक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर १५ थप गर्दै जाने उल्लेख छ। विशेष जिल्ला कमिटीको आधार संख्या ५० र प्रत्येक इलाका बराबर १५ जना थप हुँदै जानेछ। 

त्यस्तै, पालिका आधार संख्या ५० प्रत्येक वडा बराबर ५ जना थप हुने छन्। वडा कमिटी जिल्ला कमिटीले तोके बमोजिम हुने छन्। त्यसरी नै शाखा कमिटी ५१, टोल कमिटी ३१ र प्रारम्भीक कमिटी बढीमा ३५ सदस्य रहनेछन्। 

हरेक तहमा कमिटीको सचिवालय बन्नेछन्। जसमा कमिटीको एक-चौथाई नबढ्ने गरी सदस्य रहने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell