PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एमालेमा ७० वर्ष उमेर हद, एक व्यक्ति एकै कार्यकारी पदमा दुई पटक बढी उम्मेदवार हुन नपाउने



पहिलोपोस्ट

एमालेमा ७० वर्ष उमेर हद, एक व्यक्ति एकै कार्यकारी पदमा दुई पटक बढी उम्मेदवार हुन नपाउने

काठमाडौं : नेकपा (एमाले)ले विधान महाधिवेशन मार्फत ७० वर्षे हद म्यादलाई अगाडि बढाउने भएको छ। 

कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने, र कार्यकालको बिचमा ७० वर्ष पूरा भए पनि निर्वाचित भएको कार्यकाल पूरा गर्न पाउने उनले जानकारी दिए। 

त्यस्तै, एक कार्यकारी पदमा एक व्यक्ति दुई पटक भन्दा बढी उम्मेदवार हुन नपाउने भएको छ। 

'एउटा कार्यकारी पदमा एक व्यक्तिले दुई पटकमात्र उम्मेदवार बन्न सक्ने। हार्छ कि जित्छ, त्यो त्यसको कुरा हो,' संगठन विभाग प्रमुख विष्णु पौडेलले भने।

यसै बिच एमालेले विधान महाधिवेशन मार्फत् पार्टीको लोगो पनि परिवर्तन गरेको छ। पौडेलले यसअघिको लोगो सूर्य भित्र यूएमएल लेखिएको लोगोलाई परिवर्तन गरी सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हसिया हतौडा रहेनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell