PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

तिहार नआउँदै पटका चाहिँ भित्रिसक्यो, २५ लाख बराबरको आतसबाजी प्रहरीको नियन्त्रणमा

तिहार नआउँदै पटका चाहिँ भित्रिसक्यो, २५ लाख बराबरको आतसबाजी प्रहरीको नियन्त्रणमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : तिहार तथा छठका लागि भन्दै अवैध रूपमा पटका तथा आतसबाजीजन्य बस्तुहरू काठमाडौंमा भण्डार हुन थालेको खुलासा भएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले शनिवार ठुलो परिमाणमा गैरकानुनी रुपमा लुकाइ छुपाई राखिएको पटका आतसबाजीजन्य विस्फोटक पदार्थहरू बरामद गरेको हो। प्रहरीले काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारबाट अवैध रूपमा भण्डार गर्ने सर्लाही रामनगरका ३० वर्षीय कामेश्वर प्रसाद यादवलाई नियन्त्रणमा लिएको छ।

यादवले सञ्चालन गरेको कवाडीका सामान कलेक्सन गर्ने गोदाममा २ हजार किलो भन्दा बढीका पटका तथा विस्फोटक पदार्थ बरामद गरिएको महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। यादवले यस्ता विस्फोटक पदार्थ भारतको विभिन्न नाका हुँदै काठमाडौं ल्याएको खुलेको छ।

'चलाख्याइँपूर्ण रूपमा इँटा बोक्ने ट्रकमा थोरैथोरै गर्दै लुकाएर काठमाडौँसम्म ल्याएको देखिएको छ,' एसपी कोइरालाले भने। यादवको इँटाको डिपो समेत रहेको खुलेको छ। प्रहरीले बरामद गरेको सामाग्रीको मूल्य २५ लाख रुपैयाँ भन्दा बढी पर्ने प्रहरीको दाबी छ। उनीविरुद्ध प्रहरीले विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell