PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

देश नबने दोष हाम्रै काँधमा पर्नेछ : एमाले अध्यक्ष ओली



पहिलोपोस्ट

देश नबने दोष हाम्रै काँधमा पर्नेछ : एमाले अध्यक्ष ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सु-शासन, समृद्धिका विषयमा अरू राजनीतिक पार्टीसँग एमालेको भिन्नता रहेको बताएका छन्। 

पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि उठेका प्रश्नको जवाफ दिँदै उनले देश बनाउने कर्तव्य एमालेको रहेको भन्दै देश बन्न सकेन भने यसको दोष आफ्नो काँधमा पर्ने बताए। 

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा आएका सुझावहरूलाई सामेल गरेर प्रकाशित गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले एमालेको विचार र सङ्गठनमाथि हमला भइरहेको बताए। 'एमालेको महाधिवेशनमा ब्यानर देखियो रे, तामझाम देखियो रे, नेतृत्वको पक्षमा कार्यकर्ता बोले र,' उनले भने, 'छाती पिट्दै छन्। यो हाम्रो विरुद्ध भएको प्रहारको एउटा रूप हो।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell