PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बस व्यवसायीले पारे सडक ठप्प, गन्तव्यमा पुग्न नपाउँदा यात्रुलाई सास्ती

बस व्यवसायीले पारे सडक ठप्प, गन्तव्यमा पुग्न नपाउँदा यात्रुलाई सास्ती

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पेट्रोलियम पदार्थको मुल्य बढ्दा पनि भाडा समायोजन नभएको भन्दै सार्वजनिक बस व्यवसायी हड्तालमा उत्रिएका छन्। पेट्रोलियम पदार्थको मुल्य बढेको अवस्थामा भाडा पनि बढ्नुपर्ने माग गर्दै उनीहरु हड्तालमा उत्रेका हुन्।

सोमवार बौद्धदेखि चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन्। तेलको मुल्य ८० रुपैयाँबाट ११३ पुग्दा पनि १५ रुपैयाँ नै भाडा कायम रहेकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस चालक प्रेम बम्जनले बताए। 'तेलको भाउ ८० रुपैयाँबाट ११३ रुपैया पुगिसक्यो प्रतिलिटरको। तर भाडा पहिलेकै १५ रुपैयाँ नै छ। हाम्रो माग कम्तीमा भाडा २० रुपैयाँ पुर्‍याइदेउ भन्ने हो,' बम्जनले भने।

बस व्यवसायी हड्तालमा उत्रिएपछि अहिले चक्रपथ, भक्तपुर चल्ने बसहरु ठप्प भएका छन्। बस ठप्प भएपछि यात्रुहरु भने अलपत्र परेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell