PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

माधव नेपाल अस्पतालबाट डिस्चार्ज, केहीदिन घरमै आराम गर्ने



पहिलोपोस्ट

माधव नेपाल अस्पतालबाट डिस्चार्ज, केहीदिन घरमै आराम गर्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन्। पाँच दिनको अस्पताल बसाईपछि नेपाल आज बिहान घर फर्किएको उनको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा समस्या आएपछि नेपाल असोज १४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका थिए। उनले अब केहीदिन घरमै स्वास्थ्यलाभ गर्ने जनाइएको छ।

'स्वास्थ्यलाभ गरी आज घर फर्किनुभएको छ। स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केहीदिन घरमै आराम गर्नु हुनेछ,' उनको सचिवालयले भनेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell