PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

कांग्रेस रामेछापको सभापतिका लागि दोस्रो चरणको निर्वाचन नहुने, कान्छारामको नाममा जुट्यो सहमति



पहिलोपोस्ट

कांग्रेस रामेछापको सभापतिका लागि दोस्रो चरणको निर्वाचन नहुने, कान्छारामको नाममा जुट्यो सहमति

काठमाडौं : नेपाली कांग्रेस रामेछापको जिल्ला सभापति छनोट गर्न दोस्रो चरणको निर्वाचन नहुने भएको छ। निवर्तमान सभापति लवश्री न्यौपानेले प्रतिस्पर्धा नगर्ने भएपछि संस्थापन पक्षका पूर्णबहादुर तामाङ 'कान्छाराम' जिल्ला सभापति हुने भएका छन्।

पहिलो चरणमा भएको मतदानमा कान्छारामले ६६८ मत प्राप्त गरेका थिए। यसैगरी लवश्रीले ३५६ मत पाएका थिए। अर्का प्रत्यासी कृष्णबहादुर महतले ३२८ मत पाएका थिए।  कुल १३८८ मत रहेकोमा पहिलो चरणमा ५१ प्रतिशत कुनै उम्मेदवारीको नपुगेपछि आजका लागि दोस्रो चरणको मतदान तोकिएको थियो।

दोस्रो चरणका प्रतिद्वन्द्वी न्यौपानेले सहमतिमै कान्छारामलाई सभापति छाड्न तयार भएका हुन्। कान्छाराम केन्द्रीय सभापतिका उम्मेद्वार एवं उपसभापति विमलेन्द्र निकट नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell