PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

कांग्रेसमा पुस्‍तान्तरण होइन रुपान्तरणको खाँचो : रामचन्द्र पौडेल



पहिलोपोस्ट

कांग्रेसमा पुस्‍तान्तरण होइन रुपान्तरणको खाँचो : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताउनुभएको छ। नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको कार्यक्रममा पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको बताएका हुन्।

कांग्रेसमा पुस्तान्तरणको माग भइरहेको बेला उनले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्।

कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उनले १४औँ महाधिवेशनले नयाँ सन्देश दिने बताए। 'नेताहरुको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ, त्यसलाई अन्त्य गर्नुपर्छ,' उनले भने।

भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्ने कांग्रेस जनताले खोजी रहेको भन्दै उनले भने, 'चौधौँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो। धु्रवीकरणमा नलागी कांग्रेस एक बनाउन लागौँ।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell