PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन, सर्वोच्चले खण्डन गर्छ : प्रधानन्यायाधीश जबरा



पहिलोपोस्ट

मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन, सर्वोच्चले खण्डन गर्छ : प्रधानन्यायाधीश जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताएका छन्।

प्रधानन्यायाधीशले मन्त्रायल बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचार प्रकाशन भएपछि सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज राणासँग भेटेका थिए। बारका पदाधिकारीसँग भेटका क्रममा राणाले आफुले कसैलाई मन्त्री बनाउन नसक्ने बताएका हुन्। प्रधानन्यायाधीश राणाले यस विषयमा आएको समाचार सत्य नभएको  बताए।

'मन्त्री कसलाई बनाउने भन्ने कुरा विशुद्ध कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाको हो। त्यसमा प्रधानन्यायाधीशको कुनै हात हुँदैन। बाहिर आएको समाचारका विषयमा म गम्भीर छु। यसबारे छिटै अदालतबाट खण्डन हुन्छ', भेटमा प्रधानन्यायाधीशसँग भएको कुराकानी उद्धृत गर्दै सर्वोच्च बारका सदस्य विकास भट्टराइले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell