PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

कांग्रेस महाधिवेशन : छैटौँपटक एकसाथ छलफलमा सभापतिका तीन उम्मेदवार



पहिलोपोस्ट

कांग्रेस महाधिवेशन : छैटौँपटक एकसाथ छलफलमा सभापतिका तीन उम्मेदवार
तस्विर : रामजी दाहाल

काठमाडौं : नेपाली कांग्रेसको चौधौं महाधिवेशनकै सन्दर्भलाई लिएर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला, र प्रकाशमान सिंहबिच छलफल भइरहेको छ। महाधिवेशनमा केन्द्रित भएर तीन नेता छैटौँपटक छलफलमा जुटेका हुन्।

निधि निवास बानेश्वरमा दिउँसो तीन बजेदेखि नेताहरुबिच छलफल भइरहेको छ। तीनैजना नेता सभापति पदको आकांक्षी हुन्।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि सभापतिका लागि लड्ने घोषणा गरिसकेका छन्। तर, उनीविरुद्ध प्रतिस्पर्धामा कुन नेता उत्रने भन्ने विपक्षी समूहमा तय हुन सकेको छैन। देउवा इतर समूहमा सभापतिका आकांक्षी धेरै हुँदा साझा उम्मेदवार तय हुन नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell